arrow

संसदका सदस्यलाई संक्रमण भएपछि पुनः आइसोलेसनमा जोनसन, त्यहिबाट सरकार चलाउने

logo
पिटिआई,
प्रकाशित २०७७ मंसिर १ सोमबार
boris-johnson.JPG

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन्। संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । 

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।
 
उनी सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उनले आइसोलेसनबाटै गर्ने जनाइएको छ । “प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उनलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उनलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने ।
 
प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात विताएका थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, उनले अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उन बाहिर निस्कन सक्ने सम्भावना रहेको छ ।   

अहिले संक्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गरेका थिए। सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए । 

अरु सासदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट संक्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिंदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ