arrow

उपचारको क्रममा तीन संक्रमित पुरुषको निधन

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
dead-body2.jpg

बनेपा । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य  कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । 

उनीहरुको अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।हालसम्ममा जिल्लामा कोरोना संक्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् ।

सोमबार मात्रै जिल्लाबाट २० जना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ संक्रमित थपिएका छन् । थपिएकामा  बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २  र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् । 

हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा संक्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय संक्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ