arrow

मोडेर्नाको खोपले कोरोना भाइरसबाट ९५ प्रतिशत सुरक्षा दिने 

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
corona-vaccine-test.jpg

काठमाडौं । अमेरिकी कम्पनी मोडेर्नाले एउटा नयाँ खोपले कोरोना भाइरसबाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको दावी गरेको छ । सोमबार मोडेर्नाले दावी सार्वजनिक गर्दै बिरामी बचाउन ९४.५ प्रतिशत प्रभावकारी हुने बताएको हो । 

उसले अन्तिम चरणको क्लिनिकल ट्रायलको नतिजाको आधारमा यो दावी गरिएको समेत बताएको छ । यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म सुरक्षित हुन सक्ने पनि बताइएको छ । 

मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ।

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए ।  जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई ‘डम्मी खोप’ (अवास्तविक खोप) लगाइएको थियो । 

पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो । ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएका र बाँकी ९० जना ुडम्मी खोपु दिइएकाहरु थिए ।

फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरुले कोरोना भाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ।

दुवै कम्पनीले कोरोना भाइरसविरुद्ध खोपहरुको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ।

मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ।

यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न सकिने पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ