arrow

ठूला व्यवसायीकी छोरीले छोडिन् लोभलाग्दो जागीर, बनिन् जोगी

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
google-job.JPG

काठमाडौं । भनिन्छ संसारमा सबैभन्दा ठुलो कुरा आनन्द हो । आफ्नो मन खुसी हुनुभन्दा ठूलो अरु कुनै कुरा छैन । भारतकी एक साध्वी यसको राम्रो उदाहरण हुन् । ब्रह्मवादिनी देवी स्कन्द अहिले चर्चाको शिखरमा छिन् । वाराणसीमा परम धर्म संसद १००८ मा सहभागि हुने उनी सबैभन्दा कम उमेरकी मात्र नभई आधुनिकताको पनि ज्ञान राख्ने साध्वी हुन् ।

भारतको दिल्लीमा अध्ययन गरेकी साध्वी एक ठूला व्यवसायीकी छोरी हुन् । उनले सुरुदेखि नै अंग्रेजी मिडियममा पढाइ गरेकी थिइन् । यसपछि उनले दिल्ली युनिभर्सिटीबाट बीकम गरेकी थिइन् । त्यसपछि उनले सीएसको पढाइ गरेकी थिइन् । शिक्षाको बलमा उनले गुगल कम्पनीमा रोजगारी पाएकी थिइन् । उनले एक वर्ष गुगलमा काम गरेकी थिइन् ।

उनले आफू पढाइको क्रममा गुरुमातासँग उक्त स्थानमा आउँदा प्रभावित भएको र ईश्वरको विषयमा बताइएको बाटोहरुबाट निकै प्रभावित भएको बताए । मनमा वैराग्य आएपछि उनको कुरा आमाले त सहज स्वीकार गरेकी थिइन् तर बाबुलाई मनाउन भने निकै गाह्रो भएको थियो । उनको अटल विश्वासलाई देखेर बाबु र दाजुले पनि अनुमति दिएका थिए ।

यसपछि उनी गोरखपुर मुण्डेरवास्थित परब्रह्म संयोज्य शरणमेमी आश्रम आएकी थिइन् । त्यहाँ उनको नाम ब्रह्मवादिनी देवी स्कन्द राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ