arrow

छठको अबसरमा बिपन्नलाई साडी

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
sadi.PNG

सर्लाही । हिन्दूहरुको पबित्र पर्व छठको अबसर पारेर सर्लाही क्षेत्र नं ४ का प्रदेश सांसद् तथा प्रदेश नं २ का कृषि भूमि व्यवस्थापन समिति सभापति बीरेन्द्र कुमार सिंहले साडी बितरण गरेका छन् । उनले अति बिपन्न परीवारलाई साडी बितरण गरेका हुन् ।

छठमा ब्रत बस्दा चोखो कपडा तथा खानाको महत्व रहेको र गरिब परिवारका ब्रतालुले ब्रत बस्दा चोखो कपडा किन्नकै लागि ऋण गर्नु नपरोस भनेर आफूले हरेका वर्ष जस्तै यस वर्ष पनि साडी बितरण गरिरहेको सांसद सिंहले बताए । यसवर्ष आफ्ना क्षेत्रका १ हजार बिपन्न महिलालाई साडी बितरण गर्ने लक्ष्य रहेको र बुधवार मात्र ५ सय २५ थान साडी बितरण गरिसकियको सांसद सिंहले बताए । 

छठमा पहिलो दिन ब्रतालुहरु चोखो खाना खाने गर्दछन् जसलाई (नहाय खाय) भनिन्छ, दोश्रो दिन दिनभरी निराहार बसेर साँझ नयाँ धानको चामलबाट बनेको खिर, मिठाई, पुरी, राखेर प्रर्षाद चाढउने गरिन्छ, तेश्रो दिन साँझको अर्घ दिने तथा चौथो दिन बिहानको अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ । 

पछिल्लो समय यो पर्व पनि खर्चालु बन्दै गएको छ । कतीपय नागरिक छठमा लिएको ऋण तिर्न व्रर्त सक्किए लगत्तै भारतको पन्जाब लगायतका शहरमा जान बाध्य हुन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ