arrow

सूचना प्रबिधि क्षेत्रको बिकासको लागि सगुन र क्यान महासंघ बिच सहकार्य गर्ने समझदारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1761631318.jpeg
काठमाडौ। सगुन इंकर्पोरेशन र क्यान महासंघ बिचमा नेपालको सूचना प्रबिधि क्षेत्रको बिकास र बिस्तारमा सम्भायता अध्ययन गरी सहकार्य गर्ने समझदारी भएको छ।
 
सूचना प्रबिधि क्षेत्रको छाता संगठन क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालीहरुले शुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले (sagoon.com) देशको सूचना प्रबिधि क्षेत्रको बिकासमा टेवा पुर्याउन सक्ने बिश्वास लिदै क्यान महासंघ र सगुन बिचमा के के कुरामा सहकार्य हुन सक्छ अध्ययन गरी अघि बढ्न महासंघ तयार रहेको बताउनुभयो।
 
सूचना प्रबिधिको क्षेत्रमा नेपालमा धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै क्यान महासंघसँग सहकार्य गरी काम गर्न सगुन तयार रहेको सगुन इंकर्पोरेशनका संस्थापक गोबिन्द गिरीले बताउनुभयो।
 
सूचना प्रबिधि क्षेत्रको बिकासको लागि सगुनले नेपालमा नै कार्यालय खोलेर काम सुरु गरिसकेको तथा सूचना प्रबिधि क्षेत्रमा केही गर्न चाहनेहरुको लागि रोजगारको अवसर सिर्जना गर्ने तयारीमा रहेको सगुन इंकर्पोरेशनका सहसंस्थापक कबिन्द्र सिटौलाले बताउनुभयो।
 
सगुन इंकर्पोरेशन र क्यान महासंघबीच सूचना प्रबिधि क्षेत्रको अध्ययन, अनुसन्धान, कार्यशाला, आदिमा सम्भाव्यता हेरेर सहकार्य गर्ने समझदारी भएको छ।
 
सगुन र महासंघ बिचमा के के कुरामा सहकार्य गर्न सकिन्छ भन्ने बारेमा महासंघका महासचिव बिश्वराम बलामी, उपाध्यक्ष रोमकान्त पाण्डे लगायतले धारणा राख्नुभएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ