arrow

मुहम्मद 'द ग्रेटेस्ट' अली खेलकुद दुनियाँको ठुलो नाम

ओलम्पिकमा स्वर्ण

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
Muhammad_Ali.jpg.jpeg
एजेन्सी। अमेरिकी बक्सर मुहम्मद अली 'द ग्रेटेष्ट'को ७४ बर्षको उमेरमा निधन भएको छ। बिहिबार अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको अलीको शूक्रबार निधन भएको हो। 
 
सन् १९४२ जनवरी १७मा अमेरिकामा जन्मेका अलीको जन्म नाम क्यासियस मार्सिलस क्ले जुनियर हो। सन् १९६०को दशकमा उनले धर्म परिवर्तन गर्दै ईस्लाम अंगालेका थिए। ईश्लाममा पनि उनले सुफी मानेको उनी बारेको पुस्तक 'अपरोचिङ अली'मा खुलासा गरिएको छ। 
 
तीन पटक विश्व हेभीवेट बक्सिङ उपाधि जितेका अलीले २२ बर्षको उमेरमा पहिलो उपाधि जितेका थिए। उनले सन् १९६४, १९७४ र १९७८मा उपाधि जितेका थिए। 
 
सन् १९६७मा अमेरिकी सेनामा सामेल नहुने भनेपछि उनको उपाधि खोसिएको थियो। सन्१९७१मा अमेरिकी उच्च न्यायलयले उनको पक्षमा निर्णय गरेपछि उनले सन् १९७४ र १९७८मा थप उपाधि जितेका थिए। उनी १९६७ देखि १९७१सम्म बक्सिङ रिङ्ग भन्दा बाहिर रहेका थिए। 
 
 उनको बक्सिङ जिवनमा उक्त ४ बर्ष नरहनाले धेरै नयाँ रेकर्डहरु हुन पाएनन्। अति नै उर्वर समय उनको खेर गएको खेल बिश्लेषकहरुको भनाई रहेको छ। 
 
बिबिसीले 'स्पोर्ट्स पर्सनालिटी अफ दि सेन्चुरी'को ताज अलीलाई दिएको थियो भने स्पोर्ट्स ईलस्ट्रेटेड, अमेरिकी पत्रिकाले 'स्पोर्ट्सम्यान अफ सेन्चुरी'को ताज दिएको थियो। 
 
१२ बर्षको उमेरमा बक्सिङ सिक्न शुरु गरेका अली २२ बर्षको उमेरमा विश्वबिजेता बनिसकेका थिए। पारकिन्ससका बिरामी अलीले १९६०को रोम ओलम्पिकमा लाईट हेभीवेट बक्सिङ तर्फको स्वर्ण पदक पनि जितेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ