arrow

ट्रम्प, आममाफी र बहिर्गमन

logo
अनिलभक्त खरेल,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
donald-trump-corona.jpg

अमेरिका । अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जसरी पनि आफ्नो पक्षमा पार्ने योजनाका साथ राष्ट्रपति डोनाल्ड टम्पले एमी कोनी ब्यारेटलाई न्यायाधीशमा नियुक्त गरेर सुप्रिम कोर्टमा आफ्नो पक्षमा २ तिहाई न्यायाधीश पारेपनि उनको योजनालाई अमेरीकी जनताले मतदानबाट भताभुंग पारिदिए । सन् २००० मा एलगोर र जर्ज डब्लु बुसको फ्लोरिडामा भएको भिडन्त दोहोरिए अदालतमार्फत सजिलै आफ्नो पक्षमा पारौला भन्ने उनको सोचमा अमेरिकी जनताले तुषारापात पारिदिए । त्यसबेला एलगोर फ्लोरिडामा जम्मा ५२१ मतले हारेका थिए पछि सुप्रिम कोर्टमा मुद्दा पर्दा २ तिहाइले सो मुदा बुसको पक्षमा पार्यो । जसका कारण एलगोर राष्ट्रपति हुन पाएनन् । त्यस्तै किसिमको हारजित होला र त्यसलाई अदालतको माध्यमबाट जित्ने डोनाल्ड टम्प र उनका केही कट्टर सकर्थकहरुले अहिलेसम्म आफ्नो हार स्वीकार गर्न सकिरहेका छैनन् अर्थात् सत्यलाई सत्य हो भन्न सकिरहेका छैनन् । उनीहरुमा झिनो आशा बाँकी नै छ। थोरैमा पनि १४ हजारको मतान्तरमा हारेका राज्यहरुमा पनि उनीहरु पुनः मतगनणा गराईरहेका छन् । पुन मतगणनाको लागि लाग्ने लाखौं रकम बुझाईरहेका छन् । नतिजालाई ढिलाई गराएर विभिन्न राज्यमा अशान्ति मच्चाउने र राष्ट्रपतिको एकल अधिकार प्रयोग गरेर आफ्नो कार्यकाल बढाउने सोच डोनाल्ड ट्रम्पमा आएको हो भने अमेरिका र उनको लागि यो दुर्भाग्य हुनेछ ।

अमेरिकी जनताले जनताले उनलाई यो पटकको दोस्रो कार्यकालको लागि मात्र ढोका थुनिदिएका हुन् । यदि सौहार्दरुपमा सत्ता हस्तान्तरण गरेर सन् २०२४ को चुनावमा उनी फेरि राष्ट्रपतिको उम्मेदवारका रुपमा खडा भएभने जनताको मन नफर्केला भनेर भन्न सकिन्न । कुनै पनि पार्टीमा आबद्ध नभएका बहुमतअमेरिकी नागरिकहरु भोलि उनको पक्षमा विगतमा जस्तै उभिन सक्छन्। यदि त्यसो हो भने अघिल्लो कार्यकालमा २९७ इलेक्टोरल मत पाएका जिमी कार्टर दोस्रो कार्यकालको लागि ४९ मतमा खुम्चिनु पर्ने थिएन । यो त उदाहरण मात्रै हो यस्ता त कत्ति छन् कत्ति । हुन त डोनाल्ड ट्रम्प मात्रै पहिलो हरुवा राष्टपति हैनन् जो दोस्रो कार्यकालको लागि हार्ने । यसअघि रिपब्लिकनका ४ राष्टपति र डेमोक्रेटिकका १ राष्टपति गरि ५ राष्टपतिले चुनाव हारिसकेका छन् । ट्रम्प दोस्रोकालमा चुनाव हार्ने छैठौं राष्ट्रपति हुन् । 

ट्रम्प बाहेक दोस्रोकालमा हार्नेहरुः 
पहिलो कार्यकालमा ३२१ इलेक्टोरल मत ल्याएर रिपब्ल्किन पार्टीबाट जितेका अमेरिकाका २७ औं राष्ट्रपति विलियम होवार्ड दोस्रो कार्यकालको चुनावमा जम्मा ८ इलेक्टोरल मत मात्र पाएर चुनाव हार्ने पहिलो राष्टपति हुन् । त्यस्तै ३१ औं राष्टपति हर्रबर्ट होभर जो रिपब्लिकन पार्टीबाट जितेका थिए उनले पहिलो कार्यकालको लागि ४४४ इलेक्टोरल मत पाएपनि दोस्रो कार्यकालको लागि ५९ मतमै चित्त बुझाउनु परेको थियो । त्यसैगरी दोस्रो कार्यकालको लागि अबधि बाँकी छँदै रिपब्लिकन पार्टीबाट जितेका राष्टपति रिचर्ड एम निक्सनले राजीनामा दिएपछि ३८ औं राष्टपति भएका जेराल्ड फोर्ड दोस्रो कार्यकालको चुनावमा जिमी कार्टरसँग पराजित भएका थिए । राजीनामा दिएका निक्सनले ५२० मत ल्याएर चुनाव जितेका थिए फोर्डले उनको साख बचाउन सकेनन् ।

त्यसैगरी पहिलो कार्यकालमा २९७ मत ल्याएर डेमोक्रेटिक पार्टीबाट जितेका ३९ औं राष्ट्रपति जिमी कार्टरले दोस्रो कालको चुनावमा जम्मा ४९ मत मात्र पाएका थिए । चुनावमा हारेर पनि विश्वभरी कार्टर सेन्टर खोलेका कार्टरले सन् २००२ मा नोवेल शान्ति पुरस्कार पाएका थिए । त्यस्तैगरी ४२६ इलेक्टोरल मत ल्याएर रिपब्लिकन पार्टीबाट जितेका ४१ औं राष्टपति जर्ज बुस सिनियरले दोस्रो कार्यकालको चुनावमा विल क्लिन्टनसंग १६८ मा खुम्चिनु परेको थियो । यसअघि हारेका ४ वटै रिपब्लिकन राष्टपति र १ डेमोक्रेटिक राष्टपति सहित ४४ जना राष्टपतिले सौहार्दरुपमा पद हस्तान्तरण गरेका थिए । चुनावी हारलाई सजिलै आत्मसात गरेका थिए । चुनावी परिणामलाई सजिलै स्वीकार्ने संस्कार रहेको अमेरिकी इतिहासमा डोनाल्ड टम्पको क्रियाकलापले गर्दा सारा विश्व जगत हाँसी रहेको छ । विश्व जगतलले अमेरिकालाई जिस्काई रहेको छ ।

हुन त डोनाल्ड टम्पका पनि आफ्नै समस्या होलान् । राष्ट्रपतिबाट हटेको भोलिपल्टबाटै पुराना मुद्दा बल्झिने र आफु र आफ्ना परिवार संकटमा पर्ने चिन्ता होलान् । उनका विरुद्धका महिला हिंसा लगायत दर्जनौ मुद्दा अझै पनि थाँती छन् । हुन त जुनसुकै राष्ट्रपतिले पनि पदमा रहँदा आफु र आफ्ना परिवारलाई आम माफी दिनसक्ने कानुनी अधिकार दिइएकोछ । पहिलेका राष्ट्रपतिले पनि अन्तिम दिनमा यो अधिकार प्रयोग गरिसकेका छन् । वील क्लिन्टनले आफ्ना भाई रोजर क्लिन्टनलाई लागेको लागु पदार्थ मुद्दामा माफी दिएका थिए । त्यसैगरी जर्ज एच डब्लु बुसले आफुलाई क्रिमिनल मुद्दाबाट सफाई दिएका थिए । ट्रम्पले पनि यही शक्ति प्रयोग गरी आफु र आफ्ना परिवारका विरुद्ध अहिलेसम्म भएका सम्पुर्ण संघीय अपराधका मुद्दा झेल्नु नपर्ने  गरी आफुले आफु र आफ्ना परिवारलाई माफ गर्दै २०२१ जनवरी २० बाट उनी बिदाई हुनेछन् भन्ने आम अमेरिकनले आशा गरेका छन् । यसैमानै अमेरिका र उनको भलाई हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ