arrow

रङ्गिन बन्दै नारायणी नदी किनार

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
rangin-dhunga.jpg

कावासोती । पूर्वी नवलपरासीको कावासोती–१२ मा रहेको ज्योति गंगा स्नानघाटका किनारका ढुङ्गा यति बेला रङ्गिन बनेका छ्न् ।  स्नानघाटको उतरतर्फ किनारमा रहेका करिब ५०० मिटर क्षेत्रका ढुङ्गालाई सेतो, पहेँलो र हरियो रङ्ग पोतेर आर्कषक बनाईएको हो । 

पूर्व पश्चिम महेन्द्र राजमार्ग बुटवल नारायणघाट सडकखण्डको लोकाहाबाट करिब ३ किलोमिटर दक्षिणमा रहेको नारायणी नदी किनारमा बनाइएको ज्योति गंगा स्नान घाटमा दिनहुँजसो नदी स्नान र पूजापाठ गर्नेहरु आउने गर्दछ्न् । यस ठाउँका ढुङ्गामा रङ्ग लगाएर आकर्षक बनाएपछि सेल्फि खिच्न एवं घुम्न आउनेहरुको पनि संख्या बढ्ने स्थानीयहरु बताउछन् । 

यस स्थान नजिकै हरेक वर्ष हरिबोधनी एकादशीको दिन धार्मिक मेला समेत लाग्ने गर्दछ । मेला भर्न हरेक वर्ष हजारौंको संख्यामा भक्तजनहरु आउने यस ठाउँको विकासमा स्थानीयतहले आवश्यक चासो दिनु पर्ने स्थानीय बताउँछ्न् । 

स्नानघाट निर्माणमा निरन्तर लागिरहेका पण्डित ज्योतिलाल भट्टराईले आउँदो हरिबोधनी एकादेशीमा लाग्ने मेला अगाडि घाट निमार्ण कार्य सम्पूर्ण रुपमा सकिने बताए । उनका अनुसार श्रद्धालु भक्तजन र दाताको सहयोगबाट निर्माण कार्य अगाडि बढाइएको हो । निर्माण कार्यमा आर्थिक अभावका कारण  समस्या भएकाले सहयोग गर्न पनि भट्टराईले अनुरोध गरेका छ्न् । 

स्नान घाटको पारी पट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु पनि यहि स्थानबाट देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको यस स्थान नजिकै आइसल्याण्ड जंगल रिसोर्ट लगायतका होटलहरु पनि सन्चालन गरिएको छ । 

प्रशस्त सम्भावना रहेको यस ठाउँको विकासमा सरोकारवाला निकायको ध्यान जान सके धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ