arrow

नीतूलाई भेटेर भावुक भए अनुपम खेर ,ऋषि कपूरलाई सम्झेर झारे आँशु

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
anupam-rishi.PNG

काठमाडौं । बलिउड अभिनेत्री नीतू कपूर चण्डीगढमा आफ्नो नयाँ फिल्म 'जुग जुग जियो'को शुटिंग गर्दै छन्। सो समय अनुपम खेर उनीसँग भेट गरेर धेरै भावुक भएका छन् । अनुपमले यस भेट बारेमा भावनात्मक पोष्ट शेयर  गरेका छन्। उनले न्युयोर्कमा  बलिउडका दिग्गज अभिनेता स्वर्गीय ऋषि कपूर र नीतू कपूरलाई भेटेको क्षणहरू सम्झिए।

अनुपम खेरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा केहि फोटोहरू शेयर गरेका छन्, जसमा उनी नीतू कूपर र ऋषि कपूरसँग देखिएका छन्। उनले क्याप्शनमा लेखेका छन्, 'प्रिय नीतू। गएको रात चण्डीगढमा ऋषि कपूरको अनुपस्थितिमा मैले तिमीलाई भेटेपछि न्यूयोर्कको धेरै सम्झनाहरू ताजा भए। हामीसँगै बगाएको ती आँशुले  ती क्षणहरूलाई अझ मजबूत बनायो। '

ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई २०१९ को सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । सोहि समय अनुपम खेर  ऋषि कपुरलाई भेट्न अमेरिका पुगेका थिए ।  ४ सेप्टेम्बर १९५२ मा जन्मिएका ऋषि कपूरको यसै बर्षको अप्रिल ३० मा क्यान्सरबाट मृत्यु भएको थियो । सो समय उनी ६७ वर्षको थिए ।

अनुपम खेर लेख्छन् 'यो तस्विरहरूले मलाई चिन्टुको व्यक्तित्व कति ठूलो थियो त्यसको याद दिलाउछ। म धेरै खुशी छु कि तिमि काम गर्दैछौं । तिमिले यो गरेर उनलाई सबैभन्दा खुशी व्यक्ति बनाइदियौ। हामी तिम्रो साथी सधैँ साथमा हुन्छौं। याद राख्नु केही सम्बन्धहरू टेप रेकर्डरको पज बटन जस्तो हुन्छन्। त्यो त्यहिबाट सुरुहुन्छ जहाँबाट उनले छोडेर गएका थिए । धेरै माया र प्रार्थना। '

ऋषि कपूर र नीतू सिंहको विवाह बलिउडको चर्चित विवाह मध्ये एक थियो।  नीतू सिंहले आफ्नो एक दशक करियरमा धेरै नायकहरूसँग हिट फिल्महरू दिइन्। यद्यपि उनको जोडी सबैभन्दा बढी ऋषि कपूरसँग मन पराइयो । जोपछि उनको श्रीमान्  बने।  विवाह पछि नीतूले फिल्म करियरबाट विदा लिइन् । सो समयमा उनको करियरको सुनौलो क्षण चलिरहेको थियो। त्यसपछि उनी परिवार र बच्चाहरू रिद्धिमा कपूर र रणबीर कपूरलाई हुर्काउनमा व्यस्त भइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ