arrow

भारतमा एक लाख बत्तीस हजारको मृत्यु

logo
  पिटिआई,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
corona-india-test3.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८४ जनाको  मृत्यु भएको छ।  

भने संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । 

भारतमा संक्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको जनाइएको छ ।  मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ