arrow

करणी मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्यायो उच्च अदालत दिपायलले

आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई जिल्ला अदालतले धरौटीमा गरेको थियो छोड्ने आदेश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
dipayal-high-cout.jpg

डोटी । एक शिक्षकले आफ्नै विद्यार्थी छात्रामाथि करणी गरेको घटनामा जिल्ला अदालत डोटीले गरेको आदेशलाई उच्च अदालत दिपायलले उल्टाइदिएको छ । जिल्ला अदालतले आरोपीलाई उन्मुक्ति दिने गरी तारेखमा छाडेको उक्त मुद्दा उच्च अदालतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सीताराम मण्डलको संयुक्त इजलासले उल्टाएर दोषीलाई थुनामै राखि पुर्पक्ष गर्न आदेश दिएको छ।  

बलात्कारी शिक्षक शोपीनाथ भट्टलाई जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी वा सो बराबरको जमानत लिइ तारेखमा राखी मुद्दाको पूर्पक्षमा गर्ने गरी गत कार्तिक १९ गते आदेश दिएको थियो । बिहीबार उच्च अदालतले उक्त आदेश वदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष कार्वाही अघि बढाउन आदेश दिएको छ । 

योसँगै बलात्कारका आरोपी भट्टले आफूलाई साधारण तारेखमा राख्न दिएको निवेदनसमेत खारेज भएको छ । उच्च अदालतको आदेशसँगै केआइसिंह गाउँपालिकाका प्रमुख लोकेन्द्र शाहीले पिडित बालिकाले न्याय पाउने आशा जीवितै रहेको बताएका छन् । आफ्नै बिद्यार्थीलाई बलात्कारको आरोपित अदालतबाटै धरौटीमा छुट्ने आदेश आउँदा दुख लागेको थियो तर उच्च अदालतले यसलाई बदर गर्दै थुनामै राखेर कार्वाही अघी बढाउन दिएको निर्देशनले पिडित बालिका र उनीहरुको परिवारलाई न्याय मिलेको मात्र हैन अदालतप्रति पनि विश्वास बढेको शाहीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ