arrow

पूर्व लडाकु लोकेन्द्रको अनुभव, युद्ध क्रान्तिभन्दा कृषि क्रान्तिले परिवर्तन सम्भव

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
lokendra.jpg

रुपन्देही । देशमा आमुल परिवर्तन ल्याउनका लागि सशस्त्र द्धन्द्धकालमा समाहित भएका पूर्व लडाकु लोकेन्द्र रोका मगर अहिले फरक द्धन्द्धमा रमाउन सफल भएका छन् । २०५८ साल तिर देशमा चर्चिएको द्धन्द्धमा तत्कालिन भूमिगत नेकपा माओवादी पार्टीमा प्रवेश गरेका मगर करिव ३ वर्ष छापामार जिवन विताएको वताउँछन् ।

कक्षा ८ मा पढ्ने वेला उनी १६ वर्षको उमेरमा भुमिगत भएको र सो पार्टीको स्थानिय संगठनको जिम्मेवारी देखि लडाकु भएर काम गर्दा उनी २०६० साल तिर भूमिगत जिवनलाई छोडेर वैदेशिक रोगजार अन्र्तगत तेस्रो मुलुक कतार गएको र त्यहाँ ७ वर्ष वैदेशिक जीवनमा परिश्रम पोखेको सुनाए ।

रोल्पाको साविक जेलवाङ हाल सुनछहरी गाउँपालिकाका मगर पछिल्लो समय दाङको घोराही उप–महानगरपालिका वडा नं.१४ लुहासुरमा वस्दै आएका छन् । ३ वर्ष भूमिगत जीवन र ७ वर्ष वैदेशिक जिवन विताएका मगर बम र वारुदले परिवर्तनको आयाम ल्याउने कुरामा उनी त्यती विश्वास राख्दैनन् । कठोर परिस्थितिमा वन्दुक वोकेर जीवनलाई मृत्यु संग बाझेका उनी अहिले फरक सोंच, विचार र योजनाका साथ कार्यमा जुट्दै आएका छन् । 

शुरुमा सामान्य घरायसी फुल वाट पाईला चालेका मगरले स्थानिय जनप्रतिनिधिको सहयोगमा व्यवसायिक पुष्प खेती गर्न सफल भएका छन् । जसको सहयोगी जनप्रतिनिधि वनेका छन्, घोराही उप–महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष शक्तिराम डाँगी । गत वर्ष वडालाई एक घर, एक फुलवारी, वनाउने उद्देश्यका साथ २ दिने पुष्प तथा नर्सरी स्थापना सम्वन्धि तालिम चलाएर उद्यमी वनाउन चाहेका वडाध्यक्ष डाँगीको सपना अहिले पूर्वलडाकु मगरले पुरा गरिदिएको वडाध्यक्ष डाँगीको भनाई रहेको छ ।

जसको प्रेरणाले घरायसीमा मात्रै सिमित भएका मगरलाई यसपालीको तिहारमा सयपत्री मालाको माग धान्न गाह्रो भएको पुष्प किसान मगरले वताए । उनले भने, १० हजार भन्दा वढी मालाको माग आयो, तर वारीमा २ हजार मात्रै माला निस्कियो, माग अनुसार दिन सकिन ।

वजारको पनि राम्रो सम्भावना रहेकाले पुष्प व्यवसायलाई थप ठुलो क्षेत्रफलमा गर्न हौसियका उनी तर जग्गा अभावमा हाल १ विगाह ८ कठ्ठा क्षेत्रफलमा गर्दै आएको वताए । वर्षको ३ पटक उत्पादन गर्न सकिने फुल व्यवसाय अन्य पेशा भन्दा फरक र गर्न सजिलो रहेको भन्दै, अरु काम पनि गर्न सकिने जनाए ।

जलाजला पुष्प खेती नामक फर्म दर्ता गरेर पुष्प व्यवसाय सञ्चालन गरेका मगरले यसपालीको तिहारको वेला २ लाख रुपैयाँ खर्च कटाएर नाफा भएको वताएका छन् । पुष्प व्यवसायी मगर भन्छन्, युद्ध क्रान्ति भन्दा कृषि क्रान्ति नै परिवर्तनको सम्वाहक भएको अनुभव सुनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ