arrow

गौरादहका दुई जनाको मृत्यु, बयानब्बे पुगे मृतक

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
jhapa.jpg

बनियानी । झापामा शनिबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । 

गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए। 

योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।

त्यस्तै, झापामा शनिबार २९ जना कोरोना संक्रमित थपिएका छन् । एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना संक्रमण देखिएको छ । 

योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या ३ हजार १९७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ