arrow

जिपी फाउण्डेशन पर्यटन विभागका निर्देशकमा गुरुङ

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
gp-koirala-foundation.jpg

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त भएका छन् । 

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।

धादिङ रुबीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिवसमेत हुन्। 

नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रबद्र्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने फाउण्डेशनले विश्वास लिएको छ । 

पछिल्लो समय फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले बताइन् ।

 यस्तै सामाजिक क्षेत्रसमेतमा फाउण्डेशनले काम गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ