arrow

गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् । 

कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेशमा कोराना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । प्रदेशमा कूल संक्रमितको सङ्ख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मले जानकारी दिए । प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ