arrow

साउदीको दमाम र जुवेलमा अस्थायी राहदानी आवेदन संकलन केन्द्र खोलिने

logo
अरशद शेष राई,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
passport-collection-center-.jpg

साउदी अरेबिया । साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।

साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद शहर भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको राजदूताबासले जानकारी गराएको हो । 

नेपाली राजदुताबासले अस्थायी कार्यालय स्थापना हुने दमाम शहरमा ४ डिसेम्बर २०२० शुक्रबार र जुवेल शहरमा ११ डिसेम्बर २०२० शुक्रबार हुने भए पनि अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने बताएको छ । राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइने समेत सूचनामा जनाइएको छ । 

राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा सूचनामा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउन राजदूताबासले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ