arrow

जम्मु कश्मिरमा पाकिस्तान प्रायोजित आतंकवाद न्युनिकरण गरेको भारतको दावी

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
kashmir-sopiya.jpg

काठमाडौं । जम्मु कश्मिरको नगरोटामा जैस ई मोहम्मद आतंककारी समुहका ४ आतंककारीहरुमाथि गरिएको कारवाहीलाई भारतमा सीमा विवादमा मिलेको अर्काे सफलताका रुपमा हेरिएको छ । पाकिस्तान र भारतबीचको सीमानाका लाइन आफ कन्ट्रोल (एलओलसी)मा भारतीय सेना र सीमा सुरक्षा बलको उच्च निगरानीका कारण पाकिस्तानी आतंकारीहरुलाई कारवाही गरिएको भारतीय मिडियाहरुले लेखेका छन् । मुढभेडमा ४ पाकिस्तानी आतंककारी समुहका आतंककारीहरुलाई भारतीय सेनाले कारवाही गरि मारेको थियो । जम्मु कश्मिर प्रहरीको समेत उच्च सक्रियताका कारण विष्फोट गर्नुपूर्व नै आतंकारीहरुलाई नियन्त्रणमा ल्याउन भारतीय सेना एवं प्रहरी बल सफल भएको छ ।

पछिल्लो समय जम्मु कश्मिरमा भारतले पाकिस्तानी आतंककारी समुहबाट हुने गरेका आतंककारी हमलाहरुलाई निकै कम गरेको दावी गरेको छ । यस वर्षको गत अक्टोबर सम्म सन् २०१९ का तुलनामा करिब ३६ प्रतिशत आतंकारी हमला न्युनीकरण भएका छन् । जम्मु कश्मिर प्रहरीका अनुसार यस वर्षको अक्टोबरसम्म जम्मु कश्मिरमा ७७ आतंककारी समुहहरु पस्न खोजेका थिए । त्यसमध्ये १७ ले मुढभेडमा ज्यान गुमाएका छन् भने २४ लाई पाकिस्तान फिर्ता गरिएको छ भने ३६ भने जम्मु कश्मिरमा प्रवेश गर्न सफल भएका छन् ।

यस्तै सन् २०१९ को यसै अवधिमा भने २०० आतंकारी समुहरुले जम्मु कश्मिरमा हमला गर्न खोजेका थिए । जसमध्ये ४ को मृत्यु भएको थियो भने ६२ लाई पाकिस्तान फिर्ता पठाइएको थियो र १ सय ३५ जना भने जम्मु कश्मिरमा लुक्न सफल भएका थिए । यस वर्षको अक्टुबरसम्म भारतीय प्रशासित जम्मु कश्मिरमा घुस्न खोजेका ४६ आतंककारी समुहका ३७ प्रयास सफल भएका छन् । ३१ आतंककारीहरु चिनियाँ सीमा नाघेर भारत प्रवेश गर्न खोजेकामध्ये ९ सफल भएका छन् । सन् २०१९ मा ७६ प्रतिशत आतंककारीहरु कश्मिर क्षेत्रबाट भारत प्रवेश गर्न सफल भएका थिए भने जम्मुमा भने ७ प्रतिशत मात्रै प्रवेश गर्न सफल भएका थिए ।

महिना महिनाको तथ्यांक केलाउने हो भने यस वर्ष सेप्टेम्बरमा धेरै पाकिस्तानी आतंककारीहरुले भारत घुस्न खोजेका छन् । सेप्टेम्बरमा मात्रै २० आातंककारी समुहले भारत प्रवेश गर्न खोजेका छन् जसमध्ये १० कश्मिर क्षेत्रमा थिए भने १० जम्मु क्षेत्रबाट । यसअघि अक्टोबरमा धेरै आतंककारीहरु भारत प्रवेश गर्ने गरेको भएपनि यस वर्ष भने अक्टोबरमा ४ वटा घटना मात्रै भएका छन् । गतवर्षको अक्टोबरमा २६ घटनाहरु रेकर्ड गरिएका थिए । जसमध्ये २१ कश्मिरमा भएका थिए भने ५ जम्मुमा र १२ घटनाहरु सफल भएका थिए ।

गत वर्ष २०१९ को अगस्टमा धारा ३७० हटाए लगत्तै घटनाहरु बढेका थिए । त्यतिबेला १ सय १२ आतंकारी समुहले भारत घुस्न खोजेका थिए । जसमध्ये ८० घटना सफल भएका थिए भने २६ लुक्न सफल भएका थिए ८ वटा भारत नै प्रवेश गर्न सफल भएका थिए । यो वर्षको अक्टोबरसम्म ४६ वटा आतंककारी समुह मात्रै भारत प्रवेश गर्न खोजेकामा २७ वटा सफल भएका छन् । यसै समयावधिमा सन् २०१९ मा १ सय ७६ घटना भएका थिए भने १ सय ३५ आतंककारी समुह भारत छिर्न सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ