arrow

हुम्ला फुटवल ऐकेडेमीको अध्यक्षमा रावत चयन

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर ७ आइतबार
bishnu-raut-humla-football.jpg

हुम्ला । फुटवल क्षेत्रको बिकास गर्ने लक्ष्यका साथ दर्ता भएको हुम्ला फुटवल एकेडेमीको अध्यक्षमा सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी बिष्णु रावत चयन भएका छन् । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको ऐकेडेमीले फुटवल क्षेत्रको बिकास हुन नसकेको साविकको कर्णालीका सबै जिल्लाका खेलाडीलाई समेट्ने तयारी गरेको छ । हुम्ला फुटवल एकेडेमी संचालन गर्नका लागि रावतको अध्यक्षतामा चार सदस्यीय  तदर्थ समिति गठन गरिएको छ । जसको अध्यक्षमा बिष्णु रावत, उपाध्यक्षमा प्रिती रावत, सचिवमा बुद्धी रोकाया र सदस्यमा रबिन कुमार बस्नेत छनौट भएका छन् । 

एकेडेमीलाई जीवन्त राख्नका लागि जिल्लामा फुटवल क्षेत्रको बिकासमा योगदान पुर्याउने ब्यक्तिलाई समेटिने अध्यक्ष रावतले बताए । हुम्ला लगायत कर्णालीका पाँच वटै जिल्लामा फुटबलको बिकास र प्रर्बद्धन गर्नुका साथै फुटबल खेल्न ईच्छुक जोकोहीका लागि ट्रेनिङ सेन्टर सञ्चालन गर्ने एकेडेमीको मुख्य उद्देश्य रहेको अध्यक्ष रावतले बताए । यसका लागि एन्फा अध्यक्षसंग मौखिक सहमति भइसकेको र अबको केहि दिनमा लिखित सहमति गरेर काम अगाडी बढाउने तयारी भई रहेको उनको भनाई छ ।

फुटबल एकेडेमीको दर्तासंगै अखिल नेपाल फुटवल संघ गठनको बाटो पनि खुलेको छ । यसअघि साविक कर्णालीमा जुम्ला र कालिकोटमा संघ गठन भइसकेको र अब हुम्ला, मुगु र डोल्पामा पनि संघ गठन प्रकृया अगाडी बढ्ने भएको रावतले बताए । रावतले लामो समयदेखि कर्णालीको फुटवल क्षेत्रको बिकासमा योगदान पुर्याउदै आउनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ