arrow

कोरोना भाइरसः अमेरिकामा संक्रमण बढेपछि क्यालिफोर्नियामा कर्फ्यू

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
corona-usa-california.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारी तीव्र रुपले फैलिरहेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रचारप्रसार अभियानदेखि बढेको संक्रमण नियन्त्रण बाहिर पुगेको छ । 

शनिबार पनि १ लाख ७२ हजार ८३९ जना संक्रमित थपिएका छन् । अमेरिकामा अहिलेसम्म १ करोड २४ लाख ५० हजार ६६६ जना संक्रमित पुगिसकेका छन् । शनिबार १ हजार ४६० जना थपिएसँगै ज्यान गुमाउनेको संख्या २ लाख ६१ हजार ७९० पुगिसकेको छ । 

सबैभन्दा प्रभावित टेक्सासमा ११ लाख ७२ हजार १०७ जना संक्रमित भइसकेका छन् । दोस्रो प्रभावित ११ लाख ७ हजार ३६१ जना संक्रमित भइसकेका छन् । 

क्यालिफोर्नियामा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कर्फ्यू लगाइएको छ ।
डिसेम्बर २१ सम्म कर्फ्यू कायम रहने आवश्यकता अनुसार यसलाई बढाउन सकिने अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियामा गत अगष्ट महिनाको भन्दा पनि अबस्था बिग्रिएपछि थप नियन्त्रणका उपाय लागू गर्न थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ