arrow

सत्तालाई नभएर सत्य र नेतालाई नभएर नीतिलाई साथ दिऔं –अर्जुननरसिंह केसी  

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
bishwa-sanjal.jpg

काठमाडौं । नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल”ले आफ्ना नवनियुक्त संरक्षक तथा सल्लाहकार एवं यूरोप र अफ्रिकाको भेलाबाट नवगठित क्षेत्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै बधाई तथा शुभकामना आदान–प्रदान गरेको छ । 

हालै नेपाली कांग्रेसका पूर्व मन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा जुममार्फत स्वागत, बाधाई ज्ञापन एवं विजया दशमी र दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको थियो । 

विश्व सञ्जालका सभापति विष्णु सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा नेता केसीले विश्व सञ्जालका नवनियुक्त संरक्षक तथा सल्लाहकार एवं क्षेत्रीय संयोजकहरुलाई बधाई दिर्दै सफल कार्यकालको शुभकामना प्रदान गरे । उनले विश्व सञ्जाललाई अझ सशक्त र जीवन्त बनाउन आग्रह गर्दै विश्वभर छरिएर रहेका लोकतन्त्रवादी नेपालीहरुलाई गोलबद्ध गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै केसीले नेपाल यतिबेला कठिन मोडबाट गुज्रिरहेकोले बताए । उनले मुलुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्वको भासमा फस्दै गएको र लोकतन्त्र मात्रै हैन राष्ट्रियता नै संकटमा परेको उल्लेख गर्दै यो चुनौतीको सामना र व्यवस्थापन गर्न नेपाली कांग्रेसले मात्रै सक्ने बताए । 

उनले कम्युनिष्टहरुको जालझेललाई प्रतिकार गर्न नेपाली कांग्रेसले स्वार्थविहीन संकल्प गर्दै पार्टीलाई नीति र विधानको आधारमा एक ढिक्का बनाउनुपर्ने आवश्यकता औल्याए ।

कांग्रेसको वर्तमान नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेका कारण नेपाली कांग्रेसको शक्ति क्षीण हुँदै गएकोले आगामी महाधिवेशनबाट पार्टीमा वैचारिक पुनर्जागरण ल्याउँदै सामुहिक नेतृत्वको अभ्यासमा जानुपर्ने आवश्यकता रहेको औल्याए ।

पार्टीभित्र देखिएको द्वन्द्वको अवस्थाबाट पार पाउन सहमतिको विकल्प नभएको पनि उनले बताए । ‘हाम्रो पार्टीभित्रको द्वन्द्वलाई चिर्न सहमतिको विकल्प छैन । तर जबसम्म विधान बमोजिम पार्टी नेतृत्व अघि बढ्दैन तबसम्म सहमति हुन पनि सक्दैन, देउवाजी र पौडेलजीले हात मिलाएर सहमति भयो भन्दैमा हुँदैन’, केसीले भने ।

केसीले नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुले सत्तालाई नभएर सत्यलाई, नेतालाई नभएर नीतिलाई साथ दिनुपर्ने बताउँदै आफू यतिबेला यही अभियान बोकेर अघि बढीरहेको बताए । उनले जनसम्पर्क समिति भित्रका समस्या पनि विधान बमोजिम हल हुनुपर्नेमा जोड दिए ।

संजालका महामन्त्री चिन्तामणि सापकोटाले संचालन गरेको कार्यक्रममा विश्व सञ्जालका उपसभापति नवराज शिवाकोटीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो, त्यसैगरी संरक्षक विश्व आदर्श पण्डित हरि पौडेल, केपी सिटौला, धर्मराज अधिकारी, ,माधव आचार्य, दुर्गा आचार्य, ध्रुवराज पौडेल, पुष्प थापा, विश्व बराल, नेपाली कांग्रेस युवा नेता हरिबोल भण्डारी, एनआरएन अमेरिकका पुर्व सभापति डा केशव पौडेलले आफ्नो विचार राखेका थिए । 

यस्तै विश्व सजालका सल्लाहाकार इन्द्र पकवान क्षेत्री, डा।अग्निराज कोइराला, डा गोविन्द कोईराला, धनन्जय ढकाल, बिश्व सजालका कोषाध्यक्ष सुवास घिमिरे, सहमहामन्त्री दोए नवीन आचार्य र भुपी गोबिन्द श्रेष्ठ, कुश बस्नेत, यमलाल सुवेदी, उषा भुसाल सुवेदी, तस्वीर लामा, कृष्ण खरेल, सुन्दरी लामा, राम कृष्ण पुडासैनी, यूरोप प्रमुख (शेखर कडेल, उप प्रमुख विजय मेक्तान, उप प्रमुख तस्वीर लामा, सुन्दरी लामा, तिलक गैरे, अनन्त राज सुवेदी, भवानी तिवारी, अच्युत कटेल,अफ्रिकका प्रमुख कृष्ण दत्त भट्ट, मुक्ति पन्त लगायत नेपाली कांग्रेसका महासमिति सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु, जनसम्पर्क समितिका सभापतिहरु, पुर्व सभापतिहरु महासमिति एवं महाधिवेशन प्रतिनिधिहरू, एनआरएन आईसीसी र एनसीसीका पदाधिकारी लगायतका वक्ताहरुले देशलाई बचाउने हो भने कांग्रेसलाई बचाउनुपर्ने र कांग्रेसलाई बचाउनको निम्ति राष्ट्रको नेता बन्ने हैसियत भएकालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । 

कार्यक्रमका वक्ताहरुले कांग्रेसलाई गुट उपगुटको भूमरीबाट बाहिर निकालेर विधानलाई सर्वोपरी मानेर पार्टी संचालन हुनुपर्ने बताए । कार्यक्रमका सभापति विष्णु सुवेदीले विश्व  संजाल नेपाली कांग्रेस र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने अभियानमा अघि बढीरहेको जनाउँदै विश्वभरी छरिएर रहेका लोकतन्त्रवादी नेपालीहरुलाई विश्व सञ्जालको छातामुनी गोलवद्ध हुन आह्वान गरे । 

साथै नेपाली कांग्रेसको विधान बमोजिम विदेशी नागरिकता लिई सकेका नेपाली जनसम्पर्क समिति र नेपाली कागेसमा काम गरि सकेका नेता एवं कार्यकर्तालाई  पार्टिको विधान अनुसार नसमेटिएका नेता एवं कार्यकर्तालाई विश्व संजालमा काम गर्न आव्हान गरेका थिए । कार्यक्रममा सुवेदीले नेपाली जनसम्पर्क समिति विश्व संजालमा नवनियुक्त संरक्षकहरू तथा सल्लाहकारहरूलाई स्वागत गर्दै यूरोप र अफ्रिकाको भेलाबाट नवगठित क्षेत्रीय कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । 

उनले निकट भविष्यमै संजालले सबैलाई समेटेर अन्य महादेशस्तरीय शाखाहरु पनि गठन गर्दै अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए संगठन बनाउँदै गर्दा केही कमि कमजोरी भए होलान् त्यसलाई सुधार्दै यो गुट त्यो गुट नभनी सबैलाई एक ठाउँमा मिलाएर लैजाने प्रयास गर्दै सबैको सल्लाह बमोजिम अगाडि बढ्नेकुरा बताए ।

गत अक्टोबर १८ तारिखमा सम्पन्न सञ्जालको भर्चुअल भेलाले संरक्षकमा विश्व आदर्श पण्डित (बेलायत), डा यादव पण्डित (अमेरिका), हरि पौडेल (नेदरल्याण्ड), किरण प्रधान (फ्रान्स), प्यूस दाहाल (अमेरिका), माधव आचार्य (स्वीरजरल्याण्ड), दुर्गा आचार्य (अस्ट्रेलिया), केपी सिटौला (कोरिया), धर्मराज अधिकारी (जापान), पुष्प थापा (जर्मनी), ध्रुवराज पौडेल (बेल्जियम) र विश्व बराल (अमेरिका) लाई मनोनित गरेको थियो ।

यसैगरी उक्त भेलाले सञ्जालको सल्लाहकारहरूमा इन्द्र क्षेत्री (बेल्जियम), धनञ्जय ढकाल (अमेरिका), डा सम्पूर्णानन्द ढुंगाना (बेलायत), विज्ञान प्रसाई (बेलायत), श्रीकृष्ण सुवेदी (इटाली), डा गोविन्द कोइराला (अमेरिका), ठाकुरप्रसाद शर्मा (नेदरल्याण्ड), नविन पौडेल (डेनमार्क), तिलक गैरे (पोर्चुगल), डा अग्नीराज कोइराला (कोरिया), सुवास लोहनी (जापान), दिनेश जोशी (अस्ट्रेलिया), हिक्मत थापा (नाइजेरिया), आनन्द कृष्ण घिमिरे (अमेरिका) , प्रकाश धमला (कोरिया), शुक्रराज न्यौपाने (आयरल्याण्ड), त्रिलोचन सापकोटा (डेनमार्क) र विजन भट्ट (बेलायत)लाई मनोनित गरिएको थियो ।
भेलाले विश्व सञ्जालको क्षेत्रीय संगठन निर्माण अन्तर्गत हालै युरोप र अफ्रिका भेलाबाट गठन भएको यूरोप समिति र अफ्रिका समितिलाई अनुमोदन गरेको थियो । जस अनुरूप  सञ्जालको युरोप महादेशीय प्रमुखमा शेखर कडेल (बेलायत) र अफ्रिका महादेशीय प्रमुखमा कृष्ण दत्त भट्ट चयन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ