arrow

जर्मनीमा दोस्रो लहर: मृत्यु दर बढ्यो

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
corona-germany-demonstratio.jpg

बर्लिन । जर्मनीमा कोभिड १९का संक्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।

यहाँ यस संक्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन् । 

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना संक्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ ।जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।

तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ