arrow

पुजारी हत्याका फरार अभियुक्त पक्रन भूमिका खेल्ने प्रहरी तेलीलाई उत्कृष्ट अवार्ड

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
ghar-bharan-teli.jpg

नवलपरासी पश्चिम । कारागार सुरक्षा गार्ड नवलपरासी पश्चिम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक निरीक्षक घरभरन तेली कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

प्रहरी संगठन भित्रका कर्मचारीलाई मनोबल बढाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले प्रत्येक महिनाको एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषित गदै जाने बताएको छ । 

तेलीले जिल्लामा हुने चोरी तस्करी नियन्त्रण, सुस्ता गाउँपालिका वडा नं ४ स्थित पश्चिम टाडीका हनुमान मन्दिरका पुजारी (साधु) हत्यामा फरार अभियुक्तलाई पक्राउमा सफल भुमिका निर्वाह, प्रमाणमुखी अनुसंधान, पेशागत आचरण, व्यवासायीक निष्ठा, निष्पक्ष स्वस्थ्य सेवा प्रभाव , लगनशील र कर्तव्यनिष्ठ , बिभिन्न अपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोबलका साथ कानुनी दायरामा ल्याउन सफल भएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

तेलीको कामले प्रहरी संगठनको गरिमा अझ उच्च भएको र उनको कामको कदर स्वरुप उत्कृष्ट प्रहरी घोषित गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी अजय केसी क्षेत्रीले बताए ।

प्रहरी अनुसन्धानमा तेलीले ‘सिभिल’ प्रहरीको रुपमा परिणाममुखी नतिजा दिएको समेत उनले बताए । राम्रो काम गर्ने जो कोही प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको अभियान अनुसार सम्मान गरिने कार्यक्रम अनुसार २०७७ कार्तिक महिनाको पुलिस अफ द मन्थबाट तेलीलाई घोषित गरिएको केसीको भनाई छ ।

तेलीलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ