arrow

बालिका हत्याका आरोपीको घरमा उत्तेजित भीडद्धारा लागलागी, फर्काइदिए दमकल 

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
fire-final.jpeg

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा उत्तेजित भीडले आगो लगाइदिएको छ । हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उत्तेजित स्थानीयवासीले आगो लगाइदिएका हुन् ।

उनीहरुले आगो निभाउन पुगेको दलकललाई समेत बाटो छेकेर फर्काइदिएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्याँससमेत प्रहार गरेको छ । 

बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

 स्थानीयले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरेको छ । 

छ वर्षीया बालिकाको शव फेला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ