arrow

कोरोना भाइरसबाट सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको मृत्यु 

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
nabin-budhathoki-apf-inspec.jpg

बेलबारी । मोरङमा कोरोना भाइरसको संक्रमणका कारण एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को निधन भएको छ । तेह्रथुम स्थायी घर भई ३ नं। सशस्त्र प्रहरीको कंकालिनी गण टंकीसिनुवरी मोरङमा कार्यरत प्रहरी निरीक्षक नविन बुढाथोकीको मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकोहो ।

कोरोना संक्रमण बाहेक अन्य दीर्घरोग नभएका ३३ वर्षीय उनको उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी बलले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उपचारका लागि विराटमा भर्ना गरिएका उनलाई २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

विराट मेडिकल कलेजका आइसोलेसन इञ्जार्च सुनिल देवका अनुसार उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा सोमबार राति ११ः२२ बजे मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ