arrow

सलमानको बिग बोस देखाएरै चिकित्सकले गरे डरलाग्दो शल्यक्रिया !

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
Brain-salman.jpg

काठमाडौं । एक सरकारी अस्पतालका चिकित्सकको टोलीले सलमान खानको 'बिग बोस' देखाएरै शल्यक्रिया गरेका छन् ।  यो अनौठो घटना भारतको आन्ध्र प्रदेशको गुंटूरका घटेको हो। सरकारी अस्पतालका चिकित्सकहरूले निजी अस्पतालमा बिरामीलाई होसमा राख्दै 'ओपन ब्रेन सर्जरी' गरेका हुन्।

शल्यक्रियाको क्रममा, बिरामी जागै रहे र उनको ध्यान अपरेशनमा थिएन । त्यसका लागि डाक्टरले अपरेशन थ्रिएटरमा बिरामीलाई मनपर्ने रियलिटी शो 'बिग बोस' र हलिउड फिल्म चलाइ राखे।

भारतीय सञ्चारमाध्यमका अनुसार ३३ बर्षीय बिरामी वारा प्रसाद शल्यक्रियाको क्रममा होस हुनु आवश्यक थियो। त्यसैले जागै राख्न, डाक्टरहरूले 'बिग बोस' र  'अवतार' फिल्मको सहारा लिए। 

कम्प्युटर मार्फत मस्तिष्कको गतिविधि निगरानी गर्न यस्तो गरिएको शल्यक्रियामासंलग्न चिकित्सकले बताएका छन्। सन् २०१६ मा वारा प्रसादको हैदराबादमा अपरेशन गरिएको थियो । तर पूर्ण रूपमा सफल भएन जसकारण उनको समस्या अझ बढेको थियो।

वारा प्रसादको दिमागमा ग्लियोमा र मोटर कर्टेक्स थियो, जसलाई हटाउन खुला मस्तिष्क शल्यक्रिया गरियो। बिरामी स्वस्थ भए पछि उनलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरियो। 

सो शल्यक्रिया सरकारी अस्पतालका डाक्टर बी. श्रीनिवास रेड्डी, डा. शेषाद्रि सेखर (न्यूरोसर्जन) र डा. त्रिनाथ (एनेस्थेटिस्ट) ले एक निजी अस्पतालमा गरे । जसमा सबै नवीनतम प्रविधि र मेशिनहरूको प्रयोग गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ