arrow

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
xi-jin-ping-china-president.jpg

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चीन-इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल-वर्क जेडेसँग आग्रह गरेका छन् । 

राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए । 

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ । 

सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताएका छन् । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन-इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताएका छन् ।

कोभिड-१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड-१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ