arrow

हवाई आक्रमण ६ तालिबानीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
siriya2.jpg

मजार–ए–शरिफ । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ । 

अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ ।

रिपोर्टहरु अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भूभागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ । 

ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकाहरुमा भिषण आतंकवादी हमलाहरुले गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ