arrow

यात्रु लिएर हिँडेको ट्रक मोन्टानिटामा दुर्घटना पर्‍यो, सत्र जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
accident1.jpg

मनागउ । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  

निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो । उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुदा ती व्यक्तिको ज्यान गएको हो । यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ ।

घाइतेहरुको उपचार जारी रहेको बताइएको छ । वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताएका छन् । त्यस दुर्घटनाको अनुसन्धान शुरु भएको पनि उनले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ