arrow

स्वास फेर्न असहज भएपछि संक्रमित मन्त्रीलाई ल्याइयो काठमाडौँ

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
army-heli.jpg

काठमाडौं। वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । 

कोरोना संक्रमणका करण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा ल्याइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए। सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइएको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ