arrow

विश्वभर कोरोना संक्रमण, कहाँ कति पुगे मृतक ?

logo
एएफपी,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
corona-world.jpg

पेरिस । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।  

गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्रमित भइसकेका छन् ।सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति कोरोना संक्रमित भएका छन् । 

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ सोमबार एकै दिनमा कोरोना भाइरसबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृत्यु भएको छ र  पोल्याण्डमा ५४० जनाको मृत्यु भएको छ । 

कोरोना भाइरस सक्रमणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ । यहाँ ६० लाख ८७ हजार ६०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । 

भारतमा १ लाख ३४ हजार २१८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० कोरोना भाइरस संक्रिमित भएका छन् ।मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृत्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृत्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ