arrow

मेस्सी बिनाको बार्सिलोनाद्धारा गोलको वर्षा, यस्तो छ च्याम्पियन्स लिगको नतिजा

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
barcelona31.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा मंगलबार रातिको खेलमा स्पेनिश क्लब बार्सिलोनाले गोलको वर्षा गरेको छ । समूह जी को खेलमा बार्सिलोनाले डाइनामो किभलाई ४–० गोल अन्तरले हरायो । नियमित कप्तान लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेथले दुई तथा सर्जियो डेस्ट र एन्टोइन ग्रेजम्यानले १–१ गोल गरे । 

यो समूहको अर्को खेलमा युभेन्टसले फेरेनभारोसलाई २–१ गोल अन्तरले हरायो । इटालियन क्लब युभेन्टसलाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र अल्भारो मोराटाले १–१ गोल  गरे । 

यो खेलपछि चौथो चरणको खेलपछि बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसको ९ तथा बाँकी किभ र फेरेनभारोसको १–१ अंक छ । यो जितले बार्सिलोना अन्तिम १६ मा पुगेको छ । 

मंगलबारका अन्य खेलको नतिजा
समूह ई मा एफ सी क्रास्नोदार २–१ सेभिया
रेन्नेस १–२ चेल्सी
समूह एफ मा बुरुसिया डर्टमुन्ड ३–० क्लब ब्राग
लाजियो ३–१ जेनित सेन्ट पिटर्सवर्ग
समूह एचमा च्यान्चेस्टर युनाइटेड ४–१ इस्तानबुल 
पेरिस सेन्ट जर्मेन १–० रासेनबलस्पोर्ट लेप्जिग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ