arrow

जाडो मौसममा पुरुषले खानुपर्ने 'डाइट'

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
diet1.jpg

काठमाडौं । महिलाको तुलनामा पुरुषलाई धेरै डाइट खानुपर्छ । त्यसमा पनि चिसो मौसममा पुरुषको शरीरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ । तसर्थ स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाउँछन् ।

के खानुपर्छ त ?
१, छोकडा– छोकडामा भिटामिन र मिनिरल्स हुन्छ । यसले ताकत र शक्ति मिल्दछ । रातिमा एक गिलास तातो दूधमा छोकडा मिसाएर पिउँदा राम्रो फाइदा गर्दछ ।
 
२, ओखर– ओखरमा ओमेगा–३ पाइन्छ । यसले पुरुष अंगमा रगतको गति बढाउन मद्धत गर्छ । दैनिक एक मुठ्ठी (७५ ग्राम) ओखर खाने हो भने स्पर्मको संख्या र आकार पनि बढाउँछ ।
 
३, अण्डा– अण्डामा प्रोटिन, क्याल्सियम र आइरन हुन्छ । चिसो मौसमको दिनमा अण्डा खाने हो भने  शरीरलाई तातो बनाउँछ र शक्ति प्रदान गर्छ । दैनिक बिहान खाजामा दुई वटा उसिनेको अण्डा खानु लाभदायक हुन्छ ।
 
४, अंगुर– अंगुर एन्टि अक्सिडेन्ट हो । यसको प्रयोगले छालालाई ताजा राख्छ । दैनिक एक कचौरा अंगुर वा एक गिलास अंगुरको रस खानु राम्रो हो ।
 
५, गाजर–गाजरमा भिटामिन तथा एन्टि अक्सिडेन्ट भएकाले गाजरको प्रयोग गर्नुपर्छ । यसले छाला राम्रो हुनुका साथै स्पर्मको संख्या बढाउँछ । दैनिक काँचो गाजर खानु राम्रो हो ।
 
६, अनार– अनारमा अक्सिडेन्ट हुन्छ । वृद्ध बनाउने गतिलाई कम गर्छ । वीर्य उत्पादनलाई मद्धत गर्छ ।
 
७, अमला– अमलामा आइरन र भिटामिन हुन्छ । यसले वृद्ध बनाउने गति रोक्छ । यसले कपालसमेत कालो पार्ने काम गर्छ ।
 
८, लसुन– लसुनमा भएको एलिसन कम्पाउण्डले पुरुष अंगमा रगत संचार गराउँछ । दैनिक ३–४ वटा केस्रा लसुन खाँदा शुक्रकीटको संख्यासमेत बढाउँछ ।
 
९, स्याउ– यसमा भिटामिन र मिलिरल्स हुने भएकाले दैनिक खानु राम्रो हुन्छ ।
 
१०, अम्बा– अम्बामा भिटामिन सी हुन्छ । यसले लामो समयसम्म जवान राख्न पनि मद्धत गर्छ । दैनिक एउटा अम्बा खान सकियो भने त्यो निकै लाभदायक हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ