arrow

कोपा अमेरिका: आक्रमक खेलमा मेक्सिकोले उरुगवेलाई हरायो, भेनेजुएला पनि बिजयी

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
Copa_Mex_Uru.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका अन्तर्गत समुह सीको खेलमा भेनेजुएला र मेक्सिको बिजयी भएका छन्। भेनेजुएलाले जमैकालाई १-० गोलले पराजित गरेको छ भने उरुग्वेलाई मेक्सिकोले ३-१ गोलले पाखा लगाएको छ। 
 
मेक्सिको-उरुग्वे
खेलको चौथो मिनेटमा उरुग्वेका अलवेरो परेराले आत्मघाती गोल गर्दै मेक्सिकोलाई १-०को अग्रता दिलाएका थिए। दुवै टोली आफ्नो समुहको पहिलो खेल जित्न चाहान्थ्यो त्यही भएर खेल बढी नै आक्रमक भएको थियो। 
 
खेलको ४५औं मिनेटमा उरुग्वेका मातिआस भेसिनोले दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसैगरि खेलको ७३औं मिनेटमा मेक्सिकोका होसे गुआरडाडो दोस्रो पहेंलो कार्ड पाउँदै बाहिरिएका थिए। 
 
दोस्रो हाफको शुरुदेखि १० जनामा सिमित उरुग्वेलाई मेक्सिकोले निरन्तर आक्रमण गरिरहेको थियो। उरुग्वेले पनि प्रतिआक्रमण जारी राखेपछि खेलको ७४औं मिनेटमा पाएको फ्रि-किकमा कप्तान डिएगो गोडिनले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 
 
खेलको ८५औं मिनेटमा राफल मार्केजले गोल गर्दै मेक्सिकोलाई २-१को अग्रता दिलाएका थिए। दुवैतिरबाट आक्रमक खेल खेलिएकोमा उरुग्वेले केहि आक्रमण गरे पनि गोल गर्न सकेन। यही आक्रमणको निरन्त्रतामा खेलको ९०औं मिनेटमा हेक्टर हरेराले गोल गर्दै ३-१को स्थितीमा पुर्‍याएका थिए। उक्त गोल नै निर्णायक गोल रहेको थियो। 
 
जमैका- भेनजुएला 
खेलको १५औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेलको २४औं मिनेटमा रोडोल्फ अस्टिन रातो कार्ड पाउँदै बाहिरिए पछि भनेजुएलाले गोलकालागि धेरै प्रयास गरे पनि सफल हुन सकेन। अन्तत: खेल भेनेजुएलाले १-०ले जितेको थियो। 
 
भोलिको खेल पानामा-बोलिभिया र अर्जेन्टिना-चिली बिच हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ