arrow

बाइडेनको नेतृत्वमा चीन अमेरिका सम्बन्ध...

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
joe-biden.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति ट्रम्प उनका भोटरहरुका लागि वास्तववमै असफल र बाहिरिने अवस्थामा थिएनन् । आफ्नो सफलताका धेरै प्वाँखहरु जोडेका ट्रम्प कार्यकालमा गरिब मजदुरहरुको ज्यालामा करिब ४.७ प्रतिशतले वृद्धि भएको छ । साना व्यापारीहरुलाई ३० वर्षको विश्वासमा धकेलेका छन् । अध्यागमन र आउटसोर्सिंगलाई रोक्दै उनले आफ्ना स्थायी अमेरिकी नागरिकहरुका लागि रोजगारी जोगाएका थिए । विस्तावादतर्फ उन्मुख चीनलाई उनले हरेक पाइलामा चीनलाई रोकेका थिए ।

ट्रम्पको सामाजिक चरित्र भने अमेरिकी सभ्यता, सहिष्णुता, सत्यता र ईमानदारीको अपमानका रुपमा थियो । कुनै प्रमाणबीना उनले जोसेफ बाइडेनलाई भ्रष्टाचारी घोषणा गरे । कालाजातीका नागरिकको हत्याको विषयमा ट्रम्पको धारणा  समाजले गलतरुपमा पायो । यसबाहेक उनले हुलाकबाट गरिएको मतदानमा समेत धाँधली देखे । फाइजरको अहिले सफल मानिएको खोपमा उनले तथ्यहिनता देखे । त्यस्तै कोरोना भाइरसलाई चाइना भाइरस नभन्दा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धमा पनि खराब बन्यो ।

चीन बढ्दो खतरा
ट्रम्पले चीनलाई सैन्य सुरक्षा खतराको परिदृश्यमा गम्भीरतापूर्वक लिएका थिए । जुन सत्य कुरा पनि हो । बाइडेनले पनि चीनलाई अमेरिकालाई उछिन्न खोज्ने राष्ट्रकै रुपमा हेर्छ । सन् १९७९देखि निरन्तर बढिरहेको चिनियाँ अर्थतन्त्रले अमेरिकालाई पछि पार्न खोजेको छ । सन् २०२२ मा चिनियाँ अर्थतन्त्र करिब १५ ट्रिलियन डलर रहेको छ भने अमेरिकी अर्थतन्त्र करिब २२ ट्रिलियन डलर रहेको छ ।

सैन्यशक्तिमा अमेरिकासँग पौठाजोरी गर्दै चीन
सैन्य क्षेत्रमा चीन अमेरिका भन्दा निकै पछाडि रहेको छ । चीनले सैन्य क्षेत्रमा करिब ५ बिलियन डलर खर्च गर्दै आएको छ भने अमेरिकाले करिब ४७ बिलियन डलर बराबरको निर्यात गर्दै आएको छ । विश्वबजारमा चीनले करिब ३ प्रतिशत निर्यात मात्रै सैन्य एवं हतियार क्षेत्रमा गर्छ जबकी अमेरिकाले ७९ प्रतिशत निर्यात गर्छ ।

अमेरिकासँग करिब ८ हजार आक्रमण एवं नियन्त्रण केन्द्रहरु छन् भने चीनसँग २ सय ४० मात्रै रहेका छन् । अमेरिकासँग १६ वटा सामुन्द्रिक मिसाइलहरु छन् भने चीनसँग एउटा  । त्यस्तै अमेरिकासँग १ सय भन्दा बढी सामुन्द्रिक क्रुज मिसाइल छन् भने चीनसँग एउटा पनि छैन् । अमेरिकासँग १० एयरक्राफ्ट क्यारियर छन् भने एक अझैं निमार्ण क्रममा छ, उता चीनसँग २ वटा छन् भने एक हाल निमार्ण क्रममा छ । 

आलोचना खेप्दै चीन
चीनको आलोचना अमेरिकामा मात्रै हैन्, विश्वभर बढ्दो क्रममा छ । चीनले मानवअधिकार विरोधी कार्यहरु गर्दै आएको, धार्मीक अल्पसंख्यकमाथि शोषण एवं दमन, मिडिया स्वतन्त्रता हनन्, नजिकका भुमीमा आफ्नो दाबी, बौद्धिक क्षमता चोरी, प्रविधिका माध्यमबाट जासुसीजस्ता कार्यहरु गरेको आरोपमा चीनको पर्दाफास हुँदै ओलोचित बन्दै गएको छ । आलोचकहरु बाहेक अमेरिकामा चिनियाँ संलग्नतावादीहरु पनि छन् । संलग्नतावादीहरुले भने चीनको आर्थिक स्वतन्त्रता र बहुपक्षिण व्यापारले त्यहाँ लोकतन्त्र ल्याउने कुरामा विश्वास गर्छन् । यसबाहेक केहीले चीनले सोभियत युनियनको विघटनबाट पाठ सिकेको जनाउँदै त्यसैकारण चीन राम्रोे बाटोमा हिडिरहेको धारणा राख्छन् । चिनियाँ डुओपोलिस्टहरुले चीन र अमेरिका एकसाथ मिलेर चिमेराका (जी २ )का रुपमा सहकार्य गर्न समेत भन्न्ने गर्छन् । यस्तो अवस्थामा अमेरिकालाई नम्बर एकमा राख्नुपर्छ भन्ने धारणाका बाइडेनले चिनियाँ अर्थतन्त्रलाई विस्तार हुन दिने स्वतन्त्रता भने दिने छैनन् ।

सन् २०११ मा चीनको भ्रमणपछि बाइडेनले चीन अमेरिकी अर्थतन्त्र , विज्ञान प्रविधि क्षेत्र, अन्वेषणलगायतका क्षेत्रबाट निकै पछाडि रहेको भन्दै चीनदेखि डराउन नपर्नेकुरा न्युर्योक टाइम्समा लेखेका थिए ।

ग्लोबल नेतृत्व
अहिलको अवस्थामा चीनले अमेरिकालाई पछि पार्न असम्भव नै छ । यसका लागि चीनले धेरै कुरामा निकै छलांग मार्नुपर्नेछ । बाइडेनलाई फ्रेसका हावाको स्वारकारुपमा स्वागत गरिए पनि उनीसँग जवायु परिवर्तन र व्यापारका लागि कुनै महत्वपूर्ण परिदृश्य भने छैन् । पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, अध्यागमन सहजता, धनी र फर्महरुमा कर वृद्धि गर्ने वाचाहरु भने बाइडेनले गरेका छन् ।

बाइडेन क्रान्तिकारी भने छैनन्, तर ट्रम्पका नीतिहरु उल्ट्याउँने तयारीमा छन् । ट्रम्प अनुग्रह पूर्वक बाहिर निश्के भने बाइडेनलाई सहजता हुनेछ । ट्रम्पले यदि बाइडेनलाई असहज पार्न खोजे भने डेमोक्र्याटहरुले ट्रम्पलाई टिट फर टेट भन्दै झड्का दिने छन् ।

ट्रम्पका कर खाताहरुको पर्दाफास गरेर उनीहरुले झड्का दिन सक्नेछन् । बाइडेनले चीनलाई ट्रम्पले भन्दा राम्रो किसिमले बुझ्न खोज्छन् । तर बाइडेनको अमेरिका फस्ट रणनीतिले चीनसँगको प्रतिश्पर्धा कस्तो रहनेछ त्यो अब हेर्न बाँकी हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ