arrow

संविधान कार्यान्वयन पछि मात्रै संशोधन हुन्छ : लेखक

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1890609824.jpeg
धनगढी । काँग्रेस केन्द्रिय सदस्य एवं सांसद रमेश लेखकले संविधान कार्यान्वयन गर्नु पहिले नै संशोधन हुन नसक्ने बताएका छन् ।  तर, सुशील कोइराला नेतृत्वको सरकारले बनाएको संविधान संशोधन सम्बन्धि विधेयक व्यवस्थापिका संसद बैठकको कार्यसूचीमा जानुपर्नेमा कांग्रेसले जोड दिइरहेको छ ।
 
मधेसी मोर्चाले समेत कांग्रेसको संविधान संशोधन सम्बन्धि विधेयकमा समर्थन जनाउँदै संसदको कार्यसूचीमा जानुपर्ने माग गर्दै आएका छन् । सत्ताधारीहरुले भने सो विधेयकबारे यकिन भइनसकेकाले तत्काललाई कार्यसूचीमा नलाने मनसाय बनाएका छन् । 
 
धनगढी विमानस्थलमा पत्रकारसँग नेता लेखकले देशमा हाल उत्पन्न संकट सबै मिलेर समाधान खोज्नुपर्ने तथा नाका खोल्ने र छिमेकी देशसँग सम्बन्ध बढाउने विषयमा भाषण गरेर मात्र नहुने बताए ।  नेता लेखकले चीन र भारतसँग सन्तुलित व्यापार र सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता औंल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ