arrow

प्रदेश १ मा दुई सय सात नयाँ संक्रमित थपिए

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २०७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् ।

 थपिएको संक्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीन/तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने बिहिबार थपिएका सहित २१ हजार ४९१ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । 

बिहिबार डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीन/तीन जना छन् । कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा संक्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् । 

हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ