arrow

भारतमा रोकिएन कोरोना संक्रमित बढ्ने क्रम, मंगलबारदेखि निरन्तर घट्दै मुक्त हुने 

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
corona-india9.jpg

काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित थपिने भन्दा निको हुनेको दर कम हुँदै गएको छ । गत मंगलबारदेखि निरन्तर रुपले कोरोना संक्रमित बढेका छन् । तर मुक्त हुनेको संख्या घट्दो छ । 

बिहीबार ४३ हजार १७४ जना संक्रमित थपिँदा ३९ हजार ७२३ जनामात्र कोरोनामुक्त भएका छन् । 

भारतमा कुल संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ । निको हुने ८७ लाख १७ हजार ७०९ रहेका छन् । 

सक्रिय संक्रमित हाल ४ लाख ५४ हजार २७९ रहेका छन् । जबकि यो संख्या ४ लाख ३० हजारको आसपासमा आइसकेको थियो । 

बिहीबार ४९१ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ३५ हजार ७५२ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ