arrow

थप सत्र सय तीनमा कोरोना पुष्टि, तेइसले गमाए ज्यान

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । थप सत्र सय तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।        

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय संक्रमित रहेका छन् ।    

काठमाडौं उपत्यकामा ८२२ संक्रमित थपिए

काठमाडौँ उत्यकामा थप ८२२ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख सात हजार १२४ पुगेको छ । शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौँका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

हालसम्म काठमाडौँमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 

हालसम्म काठमाडौँमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार काठमाडौँ उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ । 


नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाले ज्यान गमाएका छन्  । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गमाउनेको सङ्ख्या एक हजार ४३५ पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ