arrow

मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
somalia-map.jpg

मेगादिसु। सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ। सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ। आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो। विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ।

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन्। सो आक्रमण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ। सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन। अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन्।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ। त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ