arrow

दिल्लीमा आइतबार कोरोना संक्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
corona-india-delhi.jpg

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ ।

दिल्लीमा आइतबार निको भई घर फर्किने कोभिड–१९ संक्रमित विरामीको सङ्ख्या छ हजार ३२५ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा भारतको राजधानीमा संक्रमित विरामीभन्दा संक्रमणमुक्त भएका विरामीको सङ्ख्या बढ्दो देखिएको छ । 

राजधानी दिल्लीमा शनिबारको तुलनामा आइतबार संक्रमण पुष्टि हुने विरामी पनि कम देखिएका छन् । अहिलेसम्म दिल्लीमा कूल पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
 
विभागले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार दिल्लीमा विगत २४ घण्टामा कूल ६४ हजार १८६ जनाको कोभिड परीक्षण गरिएको थियो । 

तथ्याङ्कले दिल्लीमा नोभेम्बर ७ मा कोभिड संक्रमित दर १५.२६ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा यो दर ९.०८ प्रतिशत कायम भएको राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले बताए । 

त्यसैगरी दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमित ६८ व्यक्तिको मृत्यु भएको र अहिलेसम्म यहाँ कूल नौ हजार ६६ जनाको मृत्यु भएको बताइएको छ ।

दिल्लीमा अहिले ३५ हजार ९१ कोभिड संक्रमित व्यक्ति उपचाररत रहेका छन् भने पाँच लाख २२ हजार ४९१ व्यक्ति निको भई घर फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ