arrow

निहत्था किसानमाथि आक्रमण, दर्जनौंको गयो ज्यान, १५ महिला अपहरणमा  

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
nigeria-attack.jpg

काठमाडौं । नाइजेरियामा खेतमा काम गरिरहेका किसानमाथि भएको आक्रमणमा ४३ भन्दा बढीको ज्यान गएको छ । उत्तर पूर्वी नाइजेरियामा शनिबार निहत्था किसानमाथि आक्रमण हुँदा ४३ भन्दा बढीको ज्यान गएको नाइजेरियन राष्ट्रपति मुहाम्मादु बुहारीले  जानकारी दिएका छन् । 

धान खेतीमा काम गरिरहेका बेलामा उनीहरुमाथि आक्रमण भएको बीबीसीले लेखेको छ । उक्त घटना बोर्नो राज्यको राजधानी माइडुगुरीको नजिकै भएको हो । 

संयुक्त राष्ट्रसंघले बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको बताएको छ । उक्त क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट (आईएस) को गतिविधि चल्दै आएको छ । 

राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताएका छन् । 

उक्त क्षेत्रबाट ४३ जनाको शव प्राप्त भएको र थुप्रै मारिएको हुन सक्ने आँकलन गरिएको छ । 

१५ महिला अपहरणमा परेको समेत बताइएको छ । 

मारिएकाहरुको आइतबार सरकारले सामुहिक अन्त्येष्टि गरेको थियो । 

आइतबार मात्रै ६ सिपाही जेहादीको एम्बुसमा परेर बोर्नो राज्यको बागामा मारिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ