arrow

के इरानी आणविक वैज्ञानिकको हत्यामा अमेरिका र इजरायलको हात छ ?

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
iran-mohsen-fakhrizadeh-scientists-killed.jpg

काठमाडौं। सन् २०२० मा इरानमा दुई ठूला घटना घटे। हालै इरानी अणविक कार्यक्रमका प्रमुख वैज्ञानिकको मोहसेन फाख्रिजादेहको हत्या भएको छ। यसअघि इरानकै प्रमुख सैन्य कमाण्डर कसिम सोलेमानीको पनि हत्या भएको थियो। सोलेमानीको हत्या कै विषयले इरानीहरुले प्रमुख आणविक वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्योको आशंका अमेरिका र इजरायलमाथि गरेका छन्।

प्रमुख आणविक वैज्ञानिक, जसले इरानको आणविक हतियार कार्यक्रमलाई लिड गरेका थिए, उनको हत्याले अब इरानलाई आणविक कार्यक्रम योजना अनुरुप पूरा गर्न भने असम्भव भएको छ। यद्यपि यो कुनै नौले कुरा भने हैन्, इजरायलले लामो समयदेखि नै इरानको आणविक हतियार उत्पादन योजनालाई असफल पार्न अनेकौं प्रयास गर्दै आएको छ। इरानमा यसअघि समेत आणविक कार्यक्रमसँग सम्बन्धित कयौं वैज्ञानिकको हत्या भएका उदारहणहरु छन्।

यस्तै, अमेरिकाले पनि इरानी आणविक कार्यक्रमको सम्झौताबाट पछिहट्दै विभिन्न प्रतिबन्ध लगाएसँगै इरानमा अमेरिका र इजरायली चासोका विषयहरु एक भएका छन्। ट्रम्प प्रशासनले इरानी आणविक कार्यक्रमलाई रोक्न अनेकौं बाटो खोजिरहेको छ। प्रमुख आणविक वैज्ञानीकको हत्या गर्नुले इरानको योजनालाई सुस्त पार्नु एउटा उपायँ हो।

इरानी अधिकारीहरुले फाख्रिजादेहको हत्याको भयंकर बदला लिने बताएका छन्। पूर्वी तेहरानको सबुर्बमा फाख्रिजादेहमाथि बन्दुक आक्रमण भएको थियो। त्यसपछि अस्पतालमा उनको मृत्यु भएको थियो। इजरायली खुफिया एजेन्सी मोसादलाई हत्याको आरोप लगाइएको छ।

वास्तवमा, खाडी र मध्यपूर्वका अमेरिकी सहयोगीहरुको रणनीति भनेको मध्यपूर्व क्षेत्रमा कसैलाई पनि आणविक हतियार उत्पादन गर्न नदिनु हो भन्ने मानिन्छ।
यो क्षेत्रमा एक्लो आणविक हतियार भएको मुलुक इजरायलले आफ्ना शत्रु एवं अरुलाई आणविक हतियार बनाउँन दिन चाहन्न। अरुसँग सो क्षेत्रमा आणविक हतियार हुनु इजरायलले आफुलाई खतराको विषय ठान्छ।

त्यस्तै, तेलबाट धनी मुलुकहरुमा आफ्नो प्रभुत्व र सैन्य सहयोग दिँदै फाइदाका लागि अमेरिकाले पनि यहाँ आणविक हतियारका कार्यक्रमहरुलाई समर्थन गर्दैन। 
तर, इरानले कुनै पनि प्रतिबन्धको डर बीना नै आफ्नो आणविक हतियारको कार्यक्रमलाई अघि बढाइरहेको छ। इरानको कदमलाई रोक्नका लागि ट्रम्प प्रशासनले पनि विभिन्न माध्यमहरु खोजिरहेको थियो र छ। त्यसैकारण ट्रम्प प्रशासनले प्रतिबन्ध र डलर मोनोपोलीका रणनीतिहरु अपनाएको हो।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइए अनुसार अमेरिकाले इरानमाथि आक्रमण गर्नका लागि तयारी थालेको थियो। अमेरिकी अधिकारीहरुले आफ्नो इजरायली समकक्षीहरुलाई यसबारे सुचनासमेत गरेको बताइएको छ। यो कुरालाई पनि नियाल्ने हो भने, प्रमुख आणविक वैज्ञानिकको हत्यामा केही दिशा देखाउँछ।

जे सुकै भए पनि फाख्रिजादेहको हत्याले इरानी आणविक कार्यक्रमलाई केही सयम पछि ढकेलेको छ। यसले अमेरिका, इजरायल र यसका मित्रवत्हरुलाई मध्यपूर्व केही राहत महशुस भएको हुनसक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ