arrow

विश्वमा छ करोड बढी संक्रमित, नेपालमा कति ?

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौँ । विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ । 

गत बिहीबारदेखि आइतबारसम्म २९ हजार ८८९ जनामा पिसिआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४३५ जनामा संक्रमण पुष्टि भएको छ । सात हजार ६४४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । सोही अवधिमा संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । अहिले देशैभरि सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ५८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौँमा ३५१ गरी जम्मा ४८४ संक्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७५२ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । 

हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८०५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४७७, प्रदेश नं २ बाट १९ हजार ८९२, वाग्मती प्रदेशबाट एक लाख २३ हजार ४७४, गण्डकी प्रदेश १३ हजार ६१७, लुम्बिनी प्रदेश नं चार हजार ७७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५४८ जना छन् । 

हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३.७ प्रतिशत छ । हाल ३१३ जना कोभिडको बिरामी आइसियुमा उपचाररत छन् । पचपन्न जना संक्रमित भेन्टिलेटरमा छन् । 

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ