arrow

पार्टीले वैधानिक नेतृत्व मात्र चिन्छ, अधिवेशनको तयारी गर्नुस् – भट्टराई

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
129759446_191760322580972_9.jpg

न्यूयोर्क । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले वैधानिक नेतृत्वलाई मात्र पार्टीले चिन्ने र त्यस्तो समिति मात्र आधिकारिक हुने प्रष्ट पारेका छन् । भट्टराइले पार्टीको विधान विपरित भएगरेका गतिविधिले पार्टीको अनुशासन उल्लङ्घन हुने भन्दै विधान र नीति विपरित भएका सबैखाले गतिविधि स्वीकार्य नभएको समेत बताएका छन् । 

नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय समिति, सल्लाहकार समिति,च्याप्टर समिति र पार्टीको विभिन्न विभागमा मनोनित सदस्यहरुको संयुक्त भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा जनसम्पर्क समन्वय विभागका प्रमुख समेत रहेका नेता भट्टराईले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा यस्तो भनाई व्यक्त गरेका हुन् । 

नेता भट्टराईले अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट विश्वभरका जनसम्पर्क समितिको अधिवेशनका लागि प्रक्रिया सुरु गराउन निर्णय गर्ने गरी आफूले पहल गरिरहेको समेत बताए । 

ुजनसम्पर्क सम्बन्धि पार्टीको विधानमा केही प्राविधिक विषय छन् जसले साथीहरुलाई अन्यौल मात्र पारेको छैन कतिपय मुलुकमा समस्या पनि हुने अवस्था देखिएको छ, त्यसैले यसबारे केन्द्रीय समिति बैठकबाट सहजीकरण गर्ने मेरो प्रयास छ र यसका लागि म साथीहरुलाई केन्द्रीय समितिको बैठकको सकारात्मक निर्णय हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छुु नेता भट्टराईले भने । 

उनले जनसम्पर्क समितिका नेतृत्व तहका सबैलाई आपसी मनमुटाव र मनोमालिन्य त्यागेर अधिवेशनको प्रक्रियामा जुट्न समेत आग्रह गरेका छन । 

ुजनसम्पर्क समितिमा धेरै विवाद भएमा तपाईंहरुले पाइरहेको अधिकार गुम्न सक्छ, त्यसप्रति सचेत रहनु होला। म विभागीय प्रमुखको नाताले समितिको अधिकारलाई निषेध होइन विधानसम्मत रुपमा व्यवस्थित गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसैले साथीहरुलाई मेरो आग्रह छ सानातिना आन्तरिक मतभेद त्यागेर अधिवेशन प्रक्रियामा जुट्नुस् र अधिवेशनबाट नेतृत्व लिनुस्ु नेता भट्टराइले भने ।

उनले अधिवेशन नभएका भातृ संस्थाबाट कांग्रेसको आगामी महाधिवेशनमा प्रतिनिधित्व नहुने भन्दै जनसम्पर्क समितिहरुको अधिवेशन पार्टी महाधिवेशन पहिले नै हुने समेत बताए । ुअब अर्को बैठक तपाईंहरुसंग अधिवेशन तयारीकै बारेमा हुन्छु संयुक्त बैठकमा उनको भनाई थियो ।

नेता भट्टराइले राजनीतिभन्दा बाहिर एनआरएन पनि हुन नसक्ने भन्दै कांग्रेसले एनआरएनका बारे समन्वय गर्न एनआरएन विभाग नै गठन गरिसकेको भन्दै एनआरएनमा पार्टीले जनसम्पर्क समितिमार्फत नै समन्वय गर्ने समेत बताए । 

करीव साढे चार घण्टा लामो संयुक्त बैठकमा हाल अमेरिकामै रहेएकी कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदकी सदस्य लक्ष्मी परियारले कांग्रेसले संसद र पार्टीबाट समेत वर्तमान कम्युनिष्ट सरकारको गलत क्रियाकलापको विरोध गरेको बताइन्।

ुवर्तमान सरकार हरेक दृष्टिकोणबाट असफल छ, सरकार भ्रष्टाचारमा डुबेको छ, कोरोना महामारीलाई समेत सरकारले गम्भीरतापूर्वक लिएन, संसद समेत बिना छलफल स्थगित गरियो, आफ्नो कमजोरीको ढाकछोप गर्न सरकार हरेक हथकण्डा अपनाई रहेको छु सांसद परियारको भनाई थियो ।

समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न यो बैठक समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेका थिए । बैठकमा सहभागी केन्द्रीय समिति, सल्लाहकार समिति, च्याप्टर सभापति र पार्टीको विभिन्न विभागमा मनोनित सबैले आ आफ्ना भनाईहरु राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ