arrow

किसानका समस्या समाधान नगरे आन्दोलनमा उत्रने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
684771961.jpeg
यादव आचार्य, बर्दिया। भारतको अघोषित नाकावन्दीका कारण उत्पन्न बर्दियाका किसानका समस्या चाँडो समाधान नभए आन्दोलनमा उत्रने नेपाली काँग्रेस बर्दियाले चेतावनी दिएको छ।
 
कृषिको उर्भरभूमी मानिने बर्दियामा कृषि कार्यका लागि अत्यावस्यक पेट्रोलियम पदार्थ, मल, विउ लगायतका सामाग्रीको चरम अभाव श्रृजना भइ भ्रष्टाचार र कालोवजारी बढ्दै गएपछि असहज वातावरणको अन्त्य गर्न माग गरिएको हो।
 
जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ५ वुँदे माग सहितको ज्ञापन पत्र बुझाउने क्रममा नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति एवम् साँसद संजय गौतमले तराई मधेसमा देखिएका थारु, मधेसी, आदीवासी, दलितका समस्याहरु लगायत संसदमा दर्ता भएका संसोधन प्रस्तावहरु माथी अविलम्व सहमती गर्न सरकारसँग माग गरेका छन्।
 
ज्ञापन पत्र वुझाउने क्रममा प्रमुख जिल्ला अधिकारी र कार्यकर्ता विच विवाद भएको थियो। प्रमुख जिल्ला अधिकारीले कार्यकक्षमा र पार्टीले धेरै कार्यकर्ता भएकाले कार्यालयको वरन्दामा वुझाउने भन्ने विषयमा ज्ञापन पत्र वुझ्ने प्रजिअ र वुझाउने नेपाली काँग्रेसका कार्यकर्ताविच केही क्षण भनाभन भएको नेपाली काँग्रेस बर्दियाले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ