arrow

त्रिकोणीय क्रिकेट: दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया पराजित

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
Cricket_SA_Aus.jpg.jpeg
काठमाडौं। वेष्टईण्डिजमा जारी त्रिकोणीय एकदिवसिय अन्तराष्ट्रीय प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिका र अष्ट्रेलिया बिचको खेलमा अफ्रिका ४७ रनले बिजयी भएको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको कष्तिमा १८९ रन बनाएको थियो। फरहान बेहरडिनको सार्वाधिक ६२ रनको मदतले अफ्रिका उक्त रन बानउन सफल भएको थियो। हासिम अमलाले रन आउट हुनुअघि ३५ रनको योगदान दिएका थिए।
 
कप्तान एबी डिविलियर्सले ३८ बलमा बिना बाउण्ड्री २२ रन बनाएका थिए। बलरलाई साथ दिने पिचमा अष्ट्रेलियाका बलरहरु जोस हेजलउड, नाथान काउल्टर नाईल र ग्लेन म्याक्सवेलले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको अष्ट्रेलिया ३४.२ ओबरमा सबै विकेट गुमाउँदै १४२ रनमा समेटिएको थियो। अफ्रिकी बलरहरुको दबदबा रहेको खेलमा अष्ट्रेलियाका एरोन फिन्च बाहेक कुनै पनि मथिल्लो र मद्यक्रमका ब्ायट्सम्यानले दोहोर अंक छुन सकेनन्।फिन्चले ७२ रनको योगदान दिएका थिए। 
 
तल्लोक्रममा ब्याटिङ गरेका नाथान ल्योनले ३० रन बनाएका थिए। २२.५ ओबरमा ९० रन बनाउँदा ८ विकेट गुमाएको  अष्ट्रेलियालाई सम्मानजनक रन बनाउन ल्योनले मदत गरेका थिए। अफ्रिकाका कागिसो रबाडाले ७ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए। 
 
वाएन पार्नेल, ईमरान ताहिर र एरोन फांगिसोले २-२ विकेट लिएका थिए। अप्रिकाका तर्फबाट तबरेज शाम्सीले पहिलो एकदिवसिय अन्तराष्ट्रिय केलेका छन्। देब्रेहातका स्पिनर उनले पहिलो खेलमा १ विेकट लिएका थिए। उनले बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलो विकेट लिएका थिए। खेलका प्लेयर अफ द म्याच फरहान बेहरडिन घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ