arrow

वाइवाइ नेपाल स्टार लामालाई सहयोग जुट्दै

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
130973326_902122877192714_2.jpg

धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा आउन सफल सुरिलो स्वरका धनी उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग स्वस्फुर्त जुट्दै आएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । 

धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन निरन्तर सहयोग जुट्दै आएको हो । यसै वीच नेपाल तामाङ घेदुङले पनि लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । घेदुङले लामालाई विजयी गराउन वडास्तरवाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ । 

नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिक रुपले सक्दो रकम जम्मा गरी सहयोग गर्न तथा प्रत्येक शनिवार राती ८ः५० देखि विहिवार राती १२ बजेसम्म एनएस१३ टाइप गरी ३३००१ मा सक्दो एसएमएस गर्न समेत घेदुङले स्वदेश तथा विदेशमा रहेका सुनसरी जिल्लावासी महानुभावहरुलाई अपिल गरेको छ ।

गायक लामालाई टप टेनसम्म ल्याउन निरन्तर सहयोग गर्नुहुने सबै संघसंस्था र महानुभावहरुप्रति घेुङले हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दै सहयोगी सबैको घेदुङद्धारा सदैव उच्च मूल्यांकन हुने समेत जनाएको छ । 

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, जिल्ला उपाध्यक्ष पृथ्वीवहादुर मोक्तान, धरान नगर अध्यक्ष पे्रम वाइवा, नगर सहसचिव सुर्यवहादुर घिसिङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, पूर्व नगर अध्यक्ष तारा लामा, ८ नं. अध्यक्ष सरणबहादुर बम्जन, १५ नं. अध्यक्ष टंक योञ्जन, नगर सदस्यद्धय चित्र पाख्रिन र रणमाया घिसिङ, नगर सल्लाकार जीतबहादुर पाख्रिन, युवा घेदुङका सचिव हर्कवहादुर योञ्जन, गायक लामाका वुवा पशुपति बम्जन लामा, अभियानकर्मी रोहन केसी लगायतको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ