arrow

माछापुच्छ्रे बैंकका सीइओ कोइरालासहित पाँच व्यक्तित्व सम्मानित 

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
412645073_1607317309.jpg

भक्तपुर । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ सन्तोष कोइरालासहित पाँच जना विशिष्ट व्यक्तिहरु सम्मानित भएका छन् । दावाँली मिलन क्लब भोजपुरले भक्तपुरको नगरकोटमा आयोजना गरेको कार्यक्रममा सीइओ कोइरालासहित नेपाल सरकारका सचिव सुरेश आचार्य, बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव तिमिल्सिना, लघुविद्युत् ब्यबसायी विक्रम विष्ट र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतलाई सम्मान गरेको हो ।

पूर्व अर्थमन्त्री तथा पूर्व सचिव शंकर कोइराला र प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार तथा क्लबका अध्यक्ष रोशन श्रेष्ठले उनीहरुलाई सम्मानपत्र र खादा ओढाई सम्मान गरेका हुन् । 

क्लबमा आबद्ध र भोजपुरमा जन्मिएका तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका विशिष्ठ पदमा नियुक्त भई मुलुक निर्माणमा महत्वपूर्ण जिम्मेवारी बहन गरेका ब्यक्तित्वलाई सम्मान गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । 
 
कार्यक्रममा गीतकार समेत रहेका पूर्व अर्थमन्त्री कोईराला, प्रतिनिधि सभा सदस्य सुनुवार, प्रा डा उपेन्द्र कोईराला, पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, क्लबका सचिब डिल्लीश्वर प्रधान लगायतले दावाँली मिलन क्लब, सम्मानित ब्यक्तित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा भोजपुरे प्रतिभाले पारेको प्रभाव र योगदानबारे बोलेका थिए । 

कार्यक्रममा संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, नेपाली चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, क्लवका महासचिव सुरेन्द्र श्रेष्ठलगायत भोजपुरको माटोमा मौलाएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

सो अवसरमा सम्मानित व्यक्तित्व नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात गीतकार सियरा आचार्यद्धारा रचित सुमधुर गीतहरुको सांगीतिक संग्रह (सीडी) तिम्रो प्रेरणाले को प्रमोशन गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ