arrow

युरोपमा खेल संचालनमा चुनौनी, बार्सिलोना र रियाल मड्रिडबीचको खेल कडा सुरक्षा घेरामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
424154868.jpeg
एजेन्सी । फ्रान्सको पेरिस घटनापछि असुरक्षित बनेको युरोपेली फुटबलका महत्वपूर्ण प्रतियोगिताहरु संचालन चूनौचीपूर्ण बन्दै गएको छ । यस्तै, स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत  शनिबार राति हुने बार्सिलोना र रियाल मड्रिडबीचको खेलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 
एक साता अघि फ्रान्सको राजधानी पेरिसमा रहेको स्टेड डे फ्रान्स स्टेडियममा आत्मघाती आक्रमण भएपछि युरोपेली फुटबल असुरक्षित भएको हो । इस्लामिक स्टेट आइएसले पेरिसका विभिन्न स्थानमा गरेको आक्रमणमा एक सय २९ जनाको मृत्यु भएको थियो । सो आक्रमणपछि खेल अघिनै उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
 
पेरिस आक्रमणपछि युरोपभर सुरक्षा व्यवस्थामा बढी ध्यान दिन थालिएको अधिकारीहरुले जनाएका छन् । शनिबार राति रियालको मैदान बर्नव्यउमा हुने खेलको सुरक्षका लागि साविक भन्दा दोब्बर सुरक्षाकर्मी खटिएका छन् । बर्नव्यउमा इएल क्लासिकोको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी खटिएका हुन् । 
 
युरोपका प्रतिष्ठीत अन्य लिगका खेलको सुरक्षार्थ समत बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएका छन् । बर्नव्यउमा पनि खेल सुरु हुनुपूर्व पेरिस आक्रमणमा मृत्यु भएकाको सम्झनामा एक मिनेट मौनधारण हुनेछ । यस्तै, ला लिगाका अन्य खेलमा रियाल सोसिडाडले आफ्नै मैदानमा सेभियासंग, स्पानियोलले मालागासंग, भ्यालेन्सियाले लस पल्मससंग र डेपोर्टीभो लाकोरुनाले सेल्टाभिगोसंग खेल्दै छन् । 
 
११ औं चरणका खेल सकिँदा सम्म स्पेनिस लिग ला लिगामा बार्सिलोना २७ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा ३ तथा तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले अघि छ । रियालको २४ तथा एथ्लेटिको मड्रिडको २३ अंक छ । लियोनल मेस्सीको अनुपस्थितिमा नेमार र लुइस सुआरेजले उत्कृष्ठ प्रदर्शन गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन् । बार्सिलोनाका प्रशिक्षक लुईस एन्रिकले स्टार स्ट्राइकर मेस्सी यो खेलमा मैदान उत्रन सक्ने बताएका छन् । उनले मेस्सी मैदान उत्रनेबारे खेल सुरुहुन एक घण्टा अघि मात्रै टुंगो लाग्ने बताए । यस्तै, प्रतिबन्धमा परेका करिम बेन्जेमा समेत खेलमा फर्कन सक्ने छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ